free website hit counter

रोकिएन सुनको मूल्य आज पनि बनायो कीर्तिमान

beemaadmin
२०८० चैत्र १९, सोमबार

काठमाडौं । सुनको भाउले हरेक दिनजसो सुनको भाउले नयाँ रेकर्ड बनाइरहेको छ । चैत १९ गते, सोमबार पनि सुन तोलामा नै एक हजार ६०० रुपैयाँले महंगिएर ऐतिहासिक उचाइमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँ पुगेको छ । यसैगरी, तेजाबी सुनले प्रतितोला एक लाख ३० हजार ९५० रुपैयाँको स्तर छोएको छ। यसअघि शुक्रबार पनि सुन हालसम्मकै महंगो मूल्यमा कारोबार भएको थियो । त्यस दिन सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेको थियो । तर आइतबार भने सुनको मूल्य स्थिर रहँदा सोहि मूल्य कायम रह्यो । सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले वृद्धि भएर प्रतितोला एक हजार ५३५ रुपैयाँमा खरिदबिक्री हुँदैछ । हिजो भने चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार ५२५ रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार