काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालमा ११ वर्षदेखि व्यवस्थापन समूहमा रहेर कार्य गरेबापत रोटरीयन मणिध्वज जोशीलाई सम्मान गरिएको छ । नेपाल अर्बुद रोग निवारण संस्थाको २९औं केन्द्रीय सभामा आयोजित विशेष कार्यक्रममा शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जोशीलाई सम्मान गर्नुभएको थियो । जोशीले भक्तपुर क्यान्सर अस्पतालमा व्यवस्थापनका अलावा उपकरणलगायत अन्य सहयोग गर्नुभएकाले उहाँलाई विशेष सम्मान गरिएको संस्थाका केन्द्रीय अध्यक्ष लोकेन्द्र श्रेष्ठ (इश्वर) ले बताउनु भयो । सो कार्यक्रममा विशिष्ट अतिथि पूर्व स्वास्थ्यमन्त्री गगन थापालगायत संस्थाका पदाधिकारीहरुले सम्मानित जोशीप्रति बधाई ज्ञापन गरेका थिए ।