free website hit counter

र्‍यापिड टेस्टले देखायो बागलुङकी अर्की महिलामा कोरोना संक्रमण

beemaadmin
२०७६ चैत्र ३०, आईतवार

काठमाडौंं । र्‍यापिड टेस्ट गर्ने क्रममा बागलुङकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ । र्‍यापिड टेस्ट गर्ने क्रममा बागलुङ काठेखोला गाउँपालिकाकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो । यद्यपि, ती महिलाको स्वाव पुनःपरीक्षण गरेपछि मात्रै आधिकारिक प्रमाणित हुने छ । पुनःपरीक्षणको लागि पोखरामा पठाउने तयारी भइरहेको छ । आइतबारको र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी महिलाको स्वाब सोमबार पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पुनःपरीक्षणको लागि पुर्‍याइने छ । त्यहाँ परीक्षण गरेपछि मात्रै उनलाई कोरोना हो वा होइन यकिन हुनेछ । हिजोदेखि सुरु भएको र्‍यापिड टेस्टमा ५ सय ८५ जनाको परीक्षण गरिएको छ । संक्रमित महिला तीर्थयात्रामा भारत गएर फर्केकी थिइन् ।

सम्बन्धित समाचार