free website hit counter

लकडाउनसँगै थपियो बीमाशुल्क संकलन गर्ने समय

beemaadmin
२०७७ बैशाख १९, शुक्रबार

काठमाडौं । लगातारको बन्दबन्दीका कारण सबैतिर असर पुर्याएको छ । व्यापार, व्यवसाय, उद्योग धन्दा सबैतिर यसको असर परिरहेको बेला सरकारले बीमाशुल्क संकलन गर्ने समय जेठ मसान्तसम्म थप गरेको छ । सरकारले थप राहत प्याकेजको घोषणा गर्दै लकडाउन अवधि भित्र संकलन गर्नुपर्ने जीवन बीमाको प्रिमियम वापतको रकम संकलन गर्ने अवधि जेठ मसान्तसम्म थप गरेको हो ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले लकडाउनको अवधि थपिएसंगै बीमाशुल्क संकलन गर्ने समयावधी थप गरेको बताएका हुन् । उक्त अवधिको ब्याज नलाग्ने व्यवस्था मिलाउन समेत सरकारले निर्देशन दिएको छ । यस अघि बीमा समितिले बैशाख मसान्तसम्मको लागि ब्याज नलाग्ने गरी बीमाशुल्क संकलन गर्ने निर्देशन दिएको थियो । यस्तै बीमा अवधि सकिएको बीमालेखको विद्युतिय माध्यमबाट लिखित अनुरोध आएमा नविकरण गर्ने व्यवस्थालाई लकडाउन सकिएको मितिले १५ दिन सम्म कायम गर्ने व्यवस्था मिलाउन भनेको छ । कोरोना भाइरसको संक्रमणको जोखिमका करण असामान्य अवस्था भएकोले उक्त व्यवस्था गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।
निर्जीवन बीमा कम्पनीले तत्काल सिर्जना हुने दाबी भुक्तानीको लागि विद्युतीय माध्यमबाट समेत निबेदन प्राप्त भएमा अवस्था सामान्य भएपछि तत्काल सर्भेयर खटाई क्षति यकिन गरी दाबी भुक्तानी गर्ने व्यवस्थालाई पनि निरनतरता दिएको छ ।
यस्तै २०७६ चैत र २०७७ बैशाख महिनामा नवीकरण गर्नु पर्ने बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरणको म्याद पनि असार मसान्तसम्म थप गरी सो वापत जरीवना नलाग्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

सम्बन्धित समाचार