free website hit counter

लक्ष्मी बैंकले बढायो नाफा

beemaadmin
२०७६ कार्तिक २६, मंगलवार

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमास (साउन–असोज) सम्ममा लक्ष्मी बैंकले ४० करोड १९ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको बताएको छ। बैंकले आर्जन गरेको यो मुनाफा गत आवको यसै अवधिको तुलनामा ३२.६५ प्रतिशत अर्थात ९ करोड ८९ लाख रुपैयाँले बढी हो। चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा बैंकले १९ करोड ९० लाख वितरण योग्य नाफा कमाएको छ। आठ अर्ब ९२ करोड ५ लाख ९ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लक्ष्मी बैंकको वार्षिक प्रतिशेयर आम्दानी ४ रुपैयाँ ४३ पैसा बढेर १८ रुपैयाँ ०२ पैसा कायम भएको छ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा विस्तारको प्रतिशत पाँच प्रतिशत भन्दा थोरै रहपनि बैंकको खुद ब्याज आम्दानी भने १७ प्रतिशतले विस्तारले विस्तार भएको जसको सकारात्मक असरले २५ प्रतिशतले सञ्चालन मुनाफा बढेको बैंकको खुद नाफा थप बढेको बताइएको छ ।
असोज मसान्तसम्म बैंकले निक्षेप संकलन २.३४ प्रतिशतले वृद्धि गरि ८२ अर्ब २० करोड ५७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा परिचालनतर्फ ४.८० प्रतिशतले वृद्धि गर्दै ७८ अर्ब १९ करोड ८४ लाख रुपैयाँ पुर्याएको छ । बैंकले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरि १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

सम्बन्धित समाचार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

सुनको भाउ तोलामै ४२०० ले घट्यो

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

खाडी संकटले पार्नसक्छ रेमिट्यान्समा असर

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार

बहुमतको दिशातर्फ अघि बढ्यो रास्वपा

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार