काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको कमाइबाट सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ। शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र ७.३६ प्रतिशत नगद वितरण गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ । कम्पनीले नगद र बोनस गरी कुल २७ दशमलव ३६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो।
प्रस्तावित लाभांश नियामक राष्ट्र बैंक र आगामी साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्तालाई वितरण हुनेछ। कम्पनीले अघिल्लो वर्ष यसले १५ प्रतिशत बोनस सेयर र आठ दशालव १६ प्रतिशत गरी कुल २२ दशमलव ३२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।