काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । पुष २४ गते, बुधबार सम्पन्न साधारण सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रूपैयाँ पुगेको छ।साधारण सभाले आर्थिक वर्ष २०८०–८१ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । यसका साथै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ । आव २०८०–८१ मा ३३३ अर्ब रूपैयाँ निक्षेप र २५८ अर्ब रूपैयाँ कर्जा पु(याएको यस बैंकको वासलातको आकार ३९५ अर्ब रूपैयाँ रहेको छ । सो आ।व।मा बैंकले २ अर्ब ९२ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।