free website hit counter

लक्ष्मी सनराइज बैंकको लाभांश पारित

beemaadmin
२०८० पुष २७, शुक्रबार

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको २३औं साधारण सभा काठमाण्डौमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९र८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । यसैगरी, सभाले सञ्चालक समितिको प्रतिवेदन तथा अर्थिक वर्ष २०७९÷८० को वित्तीय विवरण पनि पारित गरेको छ । साथै सभाले संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराई तथा सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको छ । नवनियुक्त सञ्चालक समितिको सोही दिन बसेको बैठकले रमण नेपाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको छ ।

सम्बन्धित समाचार