free website hit counter

लक्ष्मी सनराइज बैंक बन्यो नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरधनी

beemaadmin
२०८० फाल्गुन २६, शनिबार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले हिमालयन एभरेष्ट इन्स्योरेन्सले बिक्रीमा राखेको नेपाल पुनर्बीमा कम्पनीको सेयर खरिद गरेको छ । बिहीबार कम्पनीको २० लाख कित्ता सेयर खरिदबिक्री भएकोमा ५६ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । उक्त सेयर प्रतिकित्ता २८१ सय रुपैयाँका दरले खरिदबिक्री भएको हो । पुनर्बीमा कम्पनीको उक्त सेयर खरिद गर्न लक्ष्मी सनराइज बैंकले २८१ रुपैयाँमा आवेदन दिएको थियो । पछिल्लो समय धमाधम संस्थापक सेयरधनीहरू पुनर्बीमा कम्पनीको सेयर बिक्री गरेर बाहिरिन लागेका छन् । तर, लक्ष्मी सनराइज बैंक उक्त कम्पनीको सेयर खरिद गरेर संस्थापक सेयरधनी बनेको हो । कम्पनीले दीर्घकालमा राम्रो पफर्मेन्स गर्ने बैंकको दाबी छ । पुनर्बीमा कम्पनीको पुँजी वृद्धिका लागि हकप्रद सेयर जारी गर्यो भने १ सय रुपैयाँमा सेयर खरिद गर्न पाउने स्रोतको भनाइ छ ।

सम्बन्धित समाचार