free website hit counter

लगातार तेस्रो दिन आज पनि घट्यो सुनको मूल्य

beemaadmin
२०८० आश्विन ५, शुक्रबार

काठमाडौं । साताको अन्तिम दिन अर्थात् शुक्रबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। बुधबारदेखि घट्ने क्रममा रहेको सुनको भाउले यस दिन पनि निरन्तरता पाएको हो। बुधबार प्रतितोला दुई सय रुपैयाँ, बिहीबार प्रतितोला तीन सय रुपैयाँ र शुक्रबार प्रतितोला चार सय रुपैयाँ गरी तीन दिनमा सुनको भाउ प्रतितोला नौ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार पाँच सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार नौ सय ५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। बिहीबार प्रतितोला १४ सय १० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १४ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार