free website hit counter

लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य

beemaadmin
२०८१ आश्विन ३, बिहीबार

काठमाडौं । सुनको मूल्य निरन्तर तेस्रो दिन घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला एक लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यस दिन चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १० रुपैयाँले घटेर एक हजार ८८० रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार चाँदी एक हजार ८९० रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार