
तपाईंसँग योजना छ तर त्यस योजनालाई कार्यान्वयन गर्ने पुँजी छैन । तपाईं निराश नहुनुहोस् । यसका पनि उपाय छन् । भनिन्छ जहाँ इच्छा त्यहाँ उपाय । लगानीको अभावमा अब कुनै पनि योजना असफल हुने छैनन् । तपाईंमा भएको योजनालाई कसरी साकार पार्न सकिन्छ भन्ने विषयलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
सरकारी लगानी
तपाईंले आफ्नो योजना सुनाएर सरकारको लगानी भित्र्याउन सक्नुहुन्छ । त्यसका लागि योजनाको विश्वासिलो आधार, सम्भाव्यता हेरेर सरकारले लगानी गर्ने गर्दछ ।
आफ्नै लगानी
आफूमाथि विश्वास भएको खण्डमा लगानी जुटाउन खासै समस्या पर्दैन । सरसापाटर गरेर पनि योजनालाई साकार पार्न सकिन्छ ।
पब्लिक प्राइभेट पार्टनरशिप
पब्लिक प्राइभेट पार्टनरशिप अन्तर्गत पनि तपाईंको योजना सफल बनाउन सकिन्छ । यसका लागि तपाईले विश्वासिलो आधार तयार गर्नुभयो भने विश्व बैंक, एडिबी जस्ता अनेकौं ठूला लगानी कर्ता तपाईंलाई होस्टेमा हैंसे गर्न तयार छन् ।