free website hit counter

लघु बीमाको आवश्यकता र महत्व

beemaadmin
२०७९ असार १२, आईतवार

कुनै पनि देशमा बीमाको दायरा शतप्रतिशत पहुँच भएमा नागरिक आर्थिक रुपमा सुरक्षित रहन्छन् । हाम्रो जस्तो विकासोन्मुख देशहरुमा बीमाको महत्व अझै बढी रहन्छ । हाम्रो देशमा स्थापित जीवन तथा निर्जिवन बीमकहरुको संरचना विकसित मुलुकहरुको तुलनामा लघु बीमाको जस्तै छ । नेपालमा जति बीमा कम्पनीहरु छन् त्यसको तुलनामा बीमाको पहुँच कम देखिन्छ । त्यसको प्रमुख कारक तत्व भनेको लघु बीमाको अभ्यास नभएर हो ।
लघु भनेको माइक्रो अर्थात् सानो हो । यसले स–साना बीमालाई समेटेर आर्थिक स्थिति कमजोर भएका घरगाउँसम्म पुग्ने लक्ष्य राख्दछ । यस अन्तर्गत कृषि, पशु, बालि, मसला, पन्छी लगायतका व्यवसायिक उत्पादनमा केन्द्रीत भई जोखिम बहन गर्दछ भने यसलाई स्वास्थ्य र जीवन बीमामा पनि समावेश गर्न सकिन्छ । प्रत्येक प्रदेशका पालिका र वडा तहसम्म यसको पहुँच पु¥याइ छरिएको पुँजीलाई बीमाको दायरामा ल्याउन जरुरी देखिन्छ । सबैको लागि बीमा भन्ने नारा सफल पार्नलाई लघुबीमा अति आवश्यक छ ।
लघु बीमाको क्षेत्रधिकार
लघुबीमालाई जीवन र निर्जिवन व्यवसाय गर्ने अनुमति प्रदान गरिनु पर्दछ । जसले गर्दा कम आय र पुँजी भएका नागरिकहरुको लागि सहज पहुँच पुग्दछ । यसमा नियामक निकायले सचेतपूर्ण रुपले निर्देशन दिनु जरुरी हुन्छ । लघु भनेको सानो हो त्यसले यसलाई जीवन बीमामा बीमाङ्क रकम ५ देखि १० लाखसम्मको बीमा गर्न जीवन बीमा कम्पनीलाई निस्तेज गरी लघुबीमाको अधिकारको क्षेत्रभित्र पारिनु पर्दछ भने निर्जिवन बीमामा पनि ५ देखि १० लाखको बीमा लघुवीमालाई नै दिनुपर्ने प्रबन्ध गर्न जरुरी छ त्यसैगरी स्वास्थ्य बीमामा क्यास लेस र ५ लाख सम्ममा लघुबीमा अन्तर्गत गर्न सकिए बीमाको परिधि बढेर जाने निश्चित प्राय छ ।

सम्बन्धित समाचार