free website hit counter

ललितपुरको सानागाउँमा कामना सेवा विकास बैंक

beemaadmin
२०७६ मंसिर १७, मंगलवार

ललितपुर । शाखा सञ्जाल विस्तारको क्रममा कामना सेवा विकास बैंक लिमिटेडले ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका ५ स्थित सानागाउँमा आफ्नो १०४औं शाखा कार्यालय स्थापना गरेको छ ।
महालक्ष्मी नगरपालिका– ५ का वडाध्यक्ष राजकुमार सिलवाल तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।
अध्यक्ष सिलवालले आफ्नो वडामा पहिलो पटक बैंकको शाखा आएकोमा खुशाी व्यक्त गर्दै वडावासीहरुको तर्फवाट धन्यवाद दिँदै आफूले सक्दो सहयोग गर्ने बताए ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा प्रकाश पारे ।

सम्बन्धित समाचार