काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आफ्ना बीमितको ज्यान अकालमै गएपछि दाबी भुक्तानी बापतको रकम एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेको छ । बीमीत विष्णु अधिकारीको डेंगुका कारण निधन भएपछि उनका श्रीमान गोपाल न्यौपानेलाई बीमा दाबी बापतको रकम हस्तान्तरण गरिएको हो । लमही नगरपालिका ५, दाङकी बासिन्दा बीष्णु अधिकारीले पाँच लाखको बीमाङ्क रकमको बीमालेख खरिद गरी पहिलो किस्ताबापत १८ जनवरी २०२१ मा ६६५९० बुझाएकी थिइन् । उनको निधनपछि कम्पनीले ५ लाख २७ हजार ५ सय रुपैयाँ दाबी भुक्तानी गरेको छ ।
कम्पनीको लमही शाखाका मेनेजर सुरजप्रसाद भट्टले एक कार्यक्रमकाबीच बीमितका श्रीमान गोपाल न्यौपानेलाई सो रकम हस्तान्तरण गरेका हुन् ।