free website hit counter

लाभांश प्रस्ताव पारित गर्न नेपाल इन्स्योरेन्सले बोलायो साधारण सभा

beemaadmin
२०७६ फाल्गुन २३, शुक्रबार

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव सहित ७१औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले चैत २१ गते एयरपोर्ट होटल, सिनामङ्गलमा बिहान ११ बजे सो सभा बोलाएको हो।

सो सभाले चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र बोनस शेयरमा लाग्ने कर सहित २.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले चैत ४ गतेदेखि २१ गतेसम्म शेयर दाखिला, खारेज बन्द गर्ने भएको छ। यस अनुसार चैत ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ९ करोड ५५ लाख ३६ हजार रुपैयाँ रहेको छ। ५ प्रतिशतका दरले हुन आउने ५ करोड ४७ लाख ७६ हजार रुपैयाँ बराबरको बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब १५ करोड ३ लाख १३ हजार रुपैयाँ पुग्नेछ।

सम्बन्धित समाचार

व्यतीत बीमालेख नवीकरणमा विशेष छूट

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

टक्सार पिखुवा खोला आईपीओ आउँदै

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार

सानिमा बैंककाे नाफा बढ्याे

beemaadmin
२०८३ बैशाख ११, शुक्रबार