free website hit counter

लुम्बिनी जनरल इन्स्योरेन्स र ह्याम्स अस्पतालबीच नगदरहित उपचार सम्झौता

beemaadmin
२०७६ मंसिर १४, शनिबार

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र ह्याम्स अस्पताल बीच नगदरहित उपचार सम्झौता भएको छ । सम्झौताअनुसार इन्स्योरेन्सबाट औषधोपचार तथा दुर्घटना बीमाको सुबिधा लिने ग्राहकहरुले उक्त अस्पतालमा उपचार गरेमा बीमालेखले भ्याएसम्मको उपचार बापतको रकम इन्स्योरेन्सले सिधै हस्पिटललाई भुक्तानी दिनेछ ।

यसबाट इन्स्योरेन्सका ग्राहकहरुले रकम अभावमा उपचारबाट बञ्चित हुनु नपर्ने साथै अस्पताललाई रकम भुक्तानी गरिरहनु नपर्ने भएकोले त्यसबाट ग्राहकहरुलाई निकै राहत मिल्ने विश्वास कम्पनीले लिएको छ । सम्झौतामा कम्पनीका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत बि.के. श्रेष्ठ र अस्पतालका तर्फबाट चिफ अपरेटिङ अफिसर श्रीमती सची रेग्मीले हस्ताक्षर गरेका छन् ।

सम्बन्धित समाचार