free website hit counter

लेखा परीक्षण प्रतिवेदन नबुझाएका झण्डै दर्जन बीमा कम्पनी कारबाहीमा

beemaadmin
२०७८ माघ १७, सोमबार

काठमाडौं । बीमा क्षेत्रलाई व्यवस्थित गर्न नियामक निकाय बीमा समिति अघि सरेको छ । आफ्ना निर्णयहरुमा विवाद बढिरहेका बेला पछिल्लो समय समिति नियम कानुनका पक्षमा मात्रै अघि बढेको हो । बीमा समितिले लेखापरीक्षणको प्रतिवेदन नबुझाउने कम्पनीहरुलाई कारबाही गरेको छ । समितिले बीमा ऐन, २०४९ र बीमा नियमावली, २०४९ बमोजिम तोकिएको समयसिमाभित्र आर्थिक वर्ष २०७६–७७ को लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै कारबाही गरेको हो ।
समितिले प्रतिवेदन नबुझाएको भन्दै दि ओरियन्टल इन्स्योरेन्स,नेशनल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी,राष्ट्रिय बीमा संस्थान, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स,आईएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायवल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सलाई कारबाही गरेको हो ।
उक्त कम्पनीहरुले आफूले गरेको बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै समितिले प्रत्येकलाई कम्पनीलाई १० हजार रुपैयाँको दरले जरीवाना गर्ने निर्णय गरेको छ । बीमा ऐन, २०४९ को दफा २५ बमोजिम बीमा कम्पनीहरूले आफूले गरेका बीमा व्यवसायको हिसाव कितावको लेखापरीक्षण मान्यताप्राप्त लेखापरीक्षकबाट गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले १० महिनाभित्र समिति समक्ष पेश गर्नुपर्ने उल्लेख छ । बीमा कम्पनीहरुले कानूनी व्यवस्थाको जानीरजानी उल्लङ्घन गरेकाले बीमा ऐन, २०४९ को दफा ३६ को उपदफा (१) बमोजिम जरिवाना गरिएको समितिले जनाएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार