free website hit counter

वामदेव राष्ट्रियसभा सदस्य आजै सपथ

beemaadmin
२०७७ आश्विन १, बिहीबार

काठमाडौं । साढे दुई वर्ष लामो प्रतिक्षापछि वामदेव गौतम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले बुधबार ढिलो गरी पठाएको सिफारिस हिजै राष्ट्रपति कार्यालयमा दर्ता भएपछि नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा नियुक्त हुने पक्कापक्की भएको छ । राष्ट्रपतिको कार्यालयले गौतमलाई राष्ट्रियसभा सदस्य पदमा मनोनित गरेको सूचना राष्ट्रियसभाको सचिवालयलाई पठाएलगत्तै आजै उहाँको शपथ गराउने कार्यक्रम पनि तय भएको प्रधानमन्त्री कार्यालयस्रोतले जनाएको छ । यदि राष्ट्रपति कार्यालयबाट आज चिठी आयो भने हामी ढिलो नगरी आजै सपथ गराउने कार्यक्रम रहेको छ । गौतमका बारेमा पार्टी निर्णयका आधारमा मन्त्रिपरिषद् बैठकमा प्रस्ताव टेबुल हुँदासम्म निर्णय सार्वजनिक नगरिएपछि पार्टी निर्णय कार्यान्वयनको विषयमा सर्वत्र प्रश्न उठेको थियो । पार्टीका शीर्ष नेताहरुले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग यसबारेमा बुधबार व्यापक प्रश्न उठाएपछि हिजै सिफारिस पठाइएको हो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार