काठमाडौं । अग्रणी जीवन बीमक आइएमई लाइफ इन्स्योरेन्सको आठौँ बार्षिक उत्सवको शुभअवसरमा वृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । सो कार्यक्रम नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न भएको हो । काठमाडौंको लैनचौरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । रगतदान, जीवनदानू भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रममा कम्पनीका सञ्चालक समितिका सदस्य, ग्राहक, अभिकर्ता, कर्मचारी तथा सर्वसाधारण गरी सयौं व्यक्तिले स्वेच्छिक रक्तदान गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्काले स्वास्थ्य, सेवा र सामाजिक उत्तरदायित्व हाम्रो व्यवसायको महत्वपूर्ण आधार भन्दै रक्तदान जस्तो जीवनरक्षक कार्य हामी सबैको दयित्व हेको बताए । नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूले कम्पनीसँगको दीर्घकालीन सहकार्यप्रति धन्यवाद व्यक्त गर्दै रक्तदानजस्तो मानवीय कार्यले धेरै जीवनलाई नयाँ आशा दिने उल्लेख गरे । कम्पनीले आफ्नो वार्षिकोत्सव सप्ताहभित्र विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रमहरू सञ्चालन गरिरहेको छ, जसमा स्वास्थ्य शिविर, बीमा सचेतना, प्रभातफेरी लगायतका कार्यक्रमहरू समावेश छन ।
साउनमा मात्रै साढे २ करोड दाबी भुक्तानी
आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो महिना साउनमा करिब साढे २ करोड रुपैयाँको बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले साउनमा ४५ वटा दाबीको भुक्तानी गरेको हो। जसअनुसार कम्पनीले ती दाबीको २ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको छ। साउनको कुल दाबी भुक्तानीमा वैदेशिक रोजगार बीमाको हिस्सा धेरै रहेको छ। यो बीमाको कम्पनीले १५ दाबीको १ करोड ९४ लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ। यसैगरी परम्परागत बीमाको ६ वटा दाबीको कम्पनीले ३१ लाख २५ हजार ५६।०४ रुपैयाँ भुक्तानी गरेको छ। कम्पनी म्यादी बीमाको २४ वटा दाबीको १४ लाख ७१ हजार २६४ रुपैयाँ भुक्तानी गरेको छ।