free website hit counter

वास्तविक पीडितलाई बीमा दाबी भुक्तानीमा विलम्ब गर्नु हुँदैन : अर्थमन्त्री

beemaadmin
२०७६ कार्तिक २३, शनिबार

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको छैटौँ वार्षिकोत्सवका अवसरमा प्रमुख अतिथिको रुपमा बोल्दै अर्थमन्त्रीले डा. युवराज खतिवडाले बीमा कम्पनीहरुलाई दाबी भुक्तानीमा विलम्ब नगर्न निर्देशन दिए । आफ्नै घरमा आगो लगाएर कृत्रिम क्षतिको बीमा दाबी गर्नेहरूविरुद्ध कडारूपमा प्रस्तुत हुन निर्देशन दिँदै अर्थमन्त्री डा. खतिवडाले वास्तविक पीडित भने बीमाको सुविधाबाट वञ्चित हुन नहुनेमा जोड दिएका छन्। अर्थमन्त्रीले नष्ट भएको धनमालको क्षतिपूर्ति दाबीको भुक्तानीमा ढिलासुस्ती नगर्न सम्बद्ध सबैलाई निर्देशन दिएका हुन् ।

अर्थमन्त्री खतिवडाले अब बीमाको स्वच्छ वर्गिकरण गरेर कम्पनीको मोडलमा हुने बीमाहरु बीमा कम्पनीको माध्यमबाट गर्ने र कसैले पनि बीमा समितिको ऐनअनुसार उसको अनुमति बिना गर्न बीमा व्यवसाय गर्न पाइदैन भन्ने शब्दको उचित र प्रभावकारी प्रयोग गरेर बीमा व्यवसायलाई व्यवस्थित गर्नेमा जोड दिए।

Advertisement
Advertisement

अहिले पनि बीमाको सेवा प्रदेशहरुमा अत्यन्त कम भएको हुँदा सो स्थानमा र नेपालको सीमा क्षेत्रमा अझै पनि सीमा पारिका बीमा व्यवसायीहरुको सक्रिय रहेको बताए। अवैध रुपमा हुने गरेको बीमा सेवालाई बन्द गर्ने र बीमा स्कीममा ल्याउने कामलाई बीमा समितिलाई हेर्न उनले निर्देशन दिए।

Advertisement
Advertisement

उनले क्षतिको मूल्याङ्कन यकिन गर्न लाग्ने समय वीमितलाई जानकारी दिन र निर्धारित समयभित्रै क्षतिपूर्ति बापतको रकम दिन भन्दै बीमा रकमका निम्ति दुर्घटनाको फर्जी कागतपत्र बनाउनेहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने कुरा समेत बताए। डा. खतिवडाले स्वार्थको बाझिने गरी बीमा व्यवसाय नगर्न सम्बन्धित सरोकारावालाहरुलाई निर्देशन दिए । बैंक र बीमा कम्पनी दुबै तिर एउटै सञ्चालक रहेकोले स्वार्थ बाझिने गरेको बताउँदै बैंक, सहकारी लगायत नागरीक लगानी कोष, कर्मचारी सञ्चयकोषले पनि बीमा गर्ने गराउने भनेकोमा यसले अन्योल बढाएको अर्थमन्त्रीको ठहर छ । बीमा ऐनको आधारमा मात्रै बीमाको कार्यक्रमहरु संचालन गर्नुपर्नेमा अर्थमन्त्रीको जोड थियो ।

सम्बन्धित समाचार