free website hit counter

विकाश हाईड्रोपावरको आईपीओ बाँडफाँट

beemaadmin
२०८२ असार २९, आईतवार

काठमाडौं । विकाश हाईड्रोपावर कम्पनी लिमिटेडको आईपीओ असार २९ गते बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २९ करोड ४२ लाख ७६ हजार रुपैयाँ बराबरको २९ लाख ४२ हजार ७६० कित्ता शेयर गत असार १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि निष्काशन गरेको थियो। सो शेयरमा कुल २१ लाख ५० हजार ६७२ जनाले २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता शेयरका लागि आवेदन दिएका थिए। जसमध्ये २० लाख ४३ हजार ६८६ आवेदन स्वीकृत भएको छन् भने १२ हजार ५२१ आवेदन रद्द भएका छन्। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आईपीओ बाँडफाँट गरिएको छ। स्वीकृत आवेदनमध्ये २ लाख ९४ हजार २७६ जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन्।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार