free website hit counter

विज्ञले दिए कर्फूसम्मको सुझाव, प्रधानमन्त्री सकारात्मक

beemaadmin
२०७७ श्रावण २०, मंगलवार

काठमाडौं । राजधानी काठमाडौं कोरोना संक्रमणको केन्द्र बन्दै गएको बेला विज्ञहरुले लकडाउन मात्रै होइन कफ्र्युकै आवश्यकता भएको औल्याएका छन् । जनस्वास्थ्य क्षेत्रका विज्ञहरूले कोरोना भाइरसको प्रकोप बढ्दै गएकाले लकडाउन र आवश्यक पर्दा कफ्र्यू नै जारी गर्न सुझाव दिएका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको छलफलमा आएका सुझावप्रति प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिएका छन् । छलफलमा सहभागी सबैजसोले लकडाउन गर्नुपर्ने धारणा राखेका थिए भने केहीले त लकडाउन उल्लंघनका घटना यसअघि पनि देखिएको भन्दै कफ्र्यूकै आवश्यकता रहेको औल्याएका थिए । वीरगञ्ज काठमाडौं लगायतका ठाउँहरूमा कोरोना भाइरसको प्रकोप बढ्दै गएको सन्दर्भमा प्रधानमन्त्री ओलीले विज्ञहरूसँग छलफल गरेका हुन्।

छलफलमा प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) मा रहेका मन्त्रीहरू र जनस्वास्थ्य क्षेत्रका विज्ञहरूको सहभागीता रहेको थियो ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार