free website hit counter

विदेश जाने नेपाली विद्यार्थीको बीमा नियम कडा गर्दै राष्ट्र बैंक

beemaadmin
२०७६ मंसिर २०, शुक्रबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले अध्ययनका लागि विदेश जाने विद्यार्थी र डिपेन्डेन्ट भिसामा जाने परिवारका सदस्यको बिमामा कडा नीति ल्याएको छ । अध्ययनका लागि विदेश जाने विद्यार्थीले विदेशी बीमा कम्पनीसँग बीमा गर्दा नयाँ नियम लागु भएको छ । बीमाबाट जाने रकम धेरै भएको र कमिशन बढी लिएका कारण कडाई गर्नु परेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको परिपत्रमा विदेशमा हुने बीमाका बारेमा सम्बन्धित बीमा कम्पनीको कागजात अनिवार्य गरेको छ । नयाँ नियमअनुसार अब बीदेशी बीमा कम्पनीको नेपालस्थित एजेन्टमार्फत मात्रै बीमा गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार एजेन्टमार्फत सम्बन्धित बीमा कम्पनीको नाममा भुक्तानी हुने गरी सटही सुविधा प्रदान गर्न सकिने राष्ट्र बैंकको परिपत्रमा जनाइएको छ ।

यो व्यवस्थाअनुसार अब सिधै विदेशी शैक्षिक संस्थामा बीमा शुल्क ट्रान्सफर गर्न पाइँदैन । विदेशका नेपाली एजेन्टमार्फत बीमा गर्दा सस्तो पनि पर्ने र कमिसनको पैसा नेपालमै बस्ने भएकाले यो नीति लागु गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सम्बन्धित समाचार