free website hit counter

विद्यार्थीसँगै साट्याे प्रभु लाइफले खुशियाली

beemaadmin
२०७८ मंसिर २९, बुधबार

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्वप्रति जिम्मेवार प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनाकासाथ सम्पन्न गरेको छ । कम्पनीले यसै उत्सव पारेर आफ्नो वार्षिक रुपमा संचालित संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यो वर्ष निम्न आयस्तर भएका अभिभावकका वालवालिकाहरुका शिक्षाको लागि यथासक्य योगदान गर्ने कार्यक्रम संचालन गरेको छ । उल्लेखित उदेश्य अन्तर्गत कम्पनीले नेपालका ७७ जिल्ला भरी कूल ८० विद्यालय संचालन गरिरहेको समता शैक्षिक गुठीलार्ई रु. ५ लाख रकम सहयोग गरेको छ ।
कार्यक्रममा, उक्त विद्यालयका निर्देशक दिपक संजेल, क्याम्पस प्रमुख अजय अधिकारीज्यू, शिक्षक शिक्षिका, कक्षा ८, ९ र १० का विद्यार्थीहरु तथा अन्य कर्मचारीहरुको उपस्थितिमा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेज्यूले सहयोग रकम हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा कम्पनीका ब्यवस्थापन समुहका सबै सदस्यहरुको उपस्थिति रहेको थियो ।
गत वर्ष पनि यसैगरी कम्पनीले उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका सम्पूर्ण ट्राफिक कर्मचारीहरुका लागि कोभिड १९ बाट बच्नका लागि तयार पारिएको मास्क, स्यानिटाईजर तथा हात धुने साबुन भएको किट बितरण गरेको थियो । सातै प्रदेशका विभिन्न शाखा कार्यालयहरुले समेत आ–आफ्नो क्षेत्रका ट्राफिक कार्यालय, विद्यालय वा सार्वजनिक स्थानमा सो किटहरु बितरण गरेका थिए ।

 

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार