free website hit counter

विद्युतीय भुक्तानीलाई प्राथमिकता

beemaadmin
२०७६ चैत्र ९, आईतवार

काठमाडौं । कोरोना भाइरसको सन्त्राससँगै सरकारले केही सेवाहरु बन्द गरेको छ । बढी भीडभाड हुने सबै स्थान बन्द भइसकेका छन् । यो बेला अत्यावश्यक सेवामा पर्ने बैंकिङ सेवा भने यथावत रहने भएको छ। नेपाल राष्ट्र बैंकले सर्कुलर जारी गर्दै बैंकिङ सेवा बन्द नगर्न निर्देशन दिएको हो। सूचना अनुसार नेपाल राजपत्रमा उल्लेख भए अनुसार आवश्यक सेवा भएकाले बैंकहरु बन्द हुने छैनन्। साथै राष्ट्र बैंकले कर्मचारीहरुमा हुन सक्ने संक्रमण तथा संस्थाको ब्यापार निरन्तरतालाई मध्यनजर गर्दै सकेसम्म कम कर्मचारी राखी सेवा दिन भनेको छ।
यसकालागि रिमोट एक्सेस, घरबाटै काम तथा सिफ्टमा संचालनको ब्यबस्था गर्न पनि सूचनामा उल्लेख गरिएको छ। बैंकिङ सेवामा रहेका जनशक्ति तथा सेवाग्राहीको सुरक्षा तथा संक्रमणलाई न्यूनकरण गर्न सूरक्षाका सबै उपायहरु अपनाउन पनि अनिवार्य गरेको छ। राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्रोत्साहित गरेको छ।

सम्बन्धित समाचार