free website hit counter

विद्युत प्राधिकरणको नाफा घट्यो

beemaadmin
२०८२ भाद्र १, आईतवार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नाफा घटाएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१–८२ मा प्राधिकरणको नाफामा गिरावट आएको हो । प्राधिकरणकाअनुसार आव २०८१–८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख भएको छ । २०८०–८१ को तुलनामा ३७।३२ प्रतिशतले कम हो । २०८०–८१ मा १० अर्ब ५३ करोड नाफा कमाएको थियो । खासगरी कुलमान घिसिङले विद्युत प्राधिकरणको नेतृत्व सम्हाले यता प्राधिकरणले नाफा बनाइरहेको थियो । तर कुलमानलाई सरकारले बर्खास्त गरेसँगै नाफामा समेत ओरालो आएको तथ्यले देखाएको छ । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी यनमा भएको अधिमूल्यनदेखि प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत विक्री मूल्यमा कमी,आएका कारणले नाफामा केही कमी देखिएको बताएका छन् । अहिले नाफामा कमी आएपनि आगामी वर्षमा वृद्धि हुने उनको दाबी छ । कार्यकारी निर्देशक शाक्यले भने– ‘विद्युत विक्री बाहेक अन्य स्रोतबाट आर्थिक वर्ष २०८१–८२ को अन्त्यसम्ममा कुल आम्दानी १ खर्ब ३८ अर्ब ८७ करोड रहेको थियो । सञ्चालन खर्च ब्याज खर्च लगायत सम्पूर्ण खर्चसहित आव २०८१–८२ मा प्राधिकरणको कुल खर्च १ खर्ब २९ अर्ब ८१ करोड रहेको थियो । आव २०८१–८२ मा नाफा ९ अर्ब ६ करोड ७० लाख हुन आएको छ । २०८०–८१ को तुलनामा ३७।३२ प्रतिशतले कम हो । गत वर्षको तुलनामा विदेशी मुद्रा जापानी यनमा भएको अधिमुल्यन आदि कारणले अडाइ अर्ब नोक्सान भएको छ । डेडिकेटेड तथा नेपाल सरकारसँग बाँकी रहेको बक्यौताको प्रभोनिजिङ गरे वापत साढे ५ अर्ब नोक्सानी भएको छ । प्रशासनिक खर्च वृद्धि एवं औसत विद्युत विक्री मूल्यमा कमी आएका कारणले नाफामा केही कमी देखिएको छ । तर जुन आगामी वर्षमा वृद्धि हुने देखिन्छ । उनकाअनुसार आर्थिक वर्ष २०८१–८२ को अन्त्यसम्ममा राष्ट्रिय विद्युत प्रणालीमा जडित कुल विद्युत जडित क्षमता ३५९१ पुगेको छ । आव २०८१–८२ मा राष्ट्रिय प्रणालीमा १५ हजार ६ सय ४१ गिगावट घण्टा विद्युत उपलब्ध भएको थियो । जसमा प्राधिकरण तथा सहायक कम्पनीहरुको योगदान ३४ प्रतिशत रहेको थियो । स्वतन्त्र विद्युत उत्पादकहरुको योगदान ५५ प्रतिशत रहेको थियो भने ११ प्रतिशत विद्युत भारतबाट आयात गरिएको थियो । प्राधिकरणकाअनुसार नेपालको आन्तरीक विद्युत खपत अघिल्लो आर्थिक वर्षको तुलनामा १०.७ प्रतिशतले वृद्धि भई ११ हजार ३ सय १९ गिगावट घण्टा पुगेको थियो । आर्थिक वर्ष २०८१–८२ मा अघिल्लो आवको तुलनामा ४।६ प्रतिशतले वृद्धि भई ५७ करोड १ लाख पुगेको छ । राष्ट्रिय ग्रेड पहुँच करिव ९८ प्रतिशत पुगेको छ भने विद्युत चुहावटमा ०.४७ प्रतिशत कमी आएको छ । प्राधिकरणको कुल सम्पत्ति २०८१–८२ मा ६ खर्ब ८४ अर्ब ९१ करोड पुगेको छ । आर्थिक वर्षको २०८१–८२ मा प्राधिकरणको प्रणालीमा कुल ४३४ मेगावट विद्युत उत्पादन क्षमता थप भएको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार