free website hit counter

विपन्नलाई मुक्तिनाथको साथ

beemaadmin
२०७६ चैत्र २३, आईतवार

काठमाडौं । नेपाल सरकारले लागु गरेको देशब्यापी बन्दाबन्दीको कारणबाट प्रभावित विपन्न तथा दैनिक ज्यालादारीमा काम गर्नेहरुलाई मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत जनकपुरधाममा राहत सामाग्री वितरण गरेको छ ।
सोअन्तर्गत विपन्न परिवारका १ सय ५० जनालाई चामल, दाल, आलु, प्याज, तेल, सोयाबडी, साबुन लगायतका सामाग्री वितरण गरिएको छ । जनकपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष शिव शंकर साह, वर्तमान अध्यक्ष ललित साह, वरिष्ठ उपाध्यक्ष जितेन्द्र प्रसाद साह, उपाध्यक्ष सुरेन्द्र कुमार भण्डारीको रोहबरमा सो कार्यक्रम गरिएको बैंकका क्षेत्रीय प्रमुख प्रभाष झाले जानकारी दिएका छन ।

Advertisement
Advertisement

सम्बन्धित समाचार