free website hit counter

विवाह वर्षगाँठको उपहार बीमा पोलिसी

beemaadmin
२०७९ चैत्र १, बुधबार

काठमाण्डौ । जीवन बीमा पोलिसी दिएर जिन्दगीभर याद दिलाउने प्रचलन बढ्दो छ । जीवन बिमा पोलिसी यस्तो उपहार हो जसले जिन्दगीभर याद मात्रै दिलाउँदैन बचतको ग्यारेन्टी र जोखिमको हस्तान्तरण गर्दछ । विराटनगरका यशोधा पोखरेल भट्टराई र उज्ज्वल भट्टराईको १२ औँ वैवाहिक वर्षगाँठमा प्रभु लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिइएको छ। वैवाहिक वर्षगाँठको अवसर पारेर श्रीमान् उज्ज्वल भट्टराईले आफ्नी श्रीमती यशोधा पोखरेल भट्टराईलाई रु। ३० लाख बीमांक रकमको सो जीवन बीमा योजना प्रदान गरेका हुन्। जीवन बीमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डेलगायतको उपस्थिति रहेको थियो। यशोधा पोखरेल भट्टराई प्रभु लाइफको एजेन्सी म्यानेजरसमेत रहेकी छन्।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार