free website hit counter

विश्वभर कहाँ कस्तो छ कोरोनाको आतंक ? मृतकको संख्या ७४ हजार ६ सय

beemaadmin
२०७६ चैत्र २५, मंगलवार

एजेन्सी । विज्ञानलाई चुनौती दिँदै आतंक फैलाइरहेको कोरोना भाइरसका कारण संसारभर ७४ हजार ६ सय ७८ जनाले संसार छाडेका छन् । जोन हप्किन्स विश्वविद्यालयका अनुसार १३ लाख ४६ हजार दुई सय ९९ जना यो भाइरसबाट संक्रमित भएका छन् भने दुई लाख ५३ हजार सात सय जना निको भएका छन् । आइतबार मृतकको संख्या घटेर केही आशा जागेको इटलीमा सोमबार फेरि मृत्यु हुनेको संख्या एक सय जनाले बढेको छ । सोमबार इटलीमा छ सय ३६ जनाको मृत्यु भएको छ, जबकी आइतबार पाँच सय २५ जनाको मृत्यु भएको थियो । इटलीमा मृत्यु हुनेको कुल संख्या १६ हजार पाँच सय २३ पुगेको छ ।
यहाँ संक्रमितको संख्या एक लाख ३२ हजार पाँच सय ४७ पुगेको छ, सोमबार एकै दिन तीन हजार पाँच सय ९९ जनामा संक्रमण देखिएको छ । स्पेनमा मृतकको संख्या १३ हजार तीन सय ४१ पुगेको छ । यहाँ संक्रमितको संख्या एक लाख ३६ हजार छ सय ७५ पुगेको छ ।
संयुक्त राज्य अमेरिकामा मृत्यु हुनेको संख्या १० हजार नौ सय आठ पुगेको छ । यहाँको न्युयोर्क शहरमा मात्र चार हजार सात सय ५८ जनाको मृत्यु भएको छ । अमेरिकामा संक्रमितको संख्या तीन लाख ६७ हजार पाँच सय सात पुगेको छ । न्युयोर्कमा मात्र संक्रमितको संख्या १ लाख ३१ हजार आठ सय १५ पुगेको छ । न्युयोर्कपछि बढी प्रभावित हुने राज्यमा न्युजर्सी रहेको छ ।
पछिल्लो केही दिनयता कोभिड १९ संक्रमणको कारण फ्रान्समा भयावह अवस्था देखिएको छ । सोमबार एकै दिन फ्रान्समा आठ सय ३३ जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमण देखिएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो ।
फ्रान्समा मृत्यु हुनेको संख्या अब आठ हजार नौ सय ११ पुगेको छ । इटली र स्पेनपछि युरोपमा कोभिड १९ को असर फ्रान्समा देखिएको छ ।
बेलायतमा मृत्यु हुनेको संख्या पाँच हजार तीन सय ७३ र संक्रमितको संख्या ५२ हजार दुई सय ७९ पुगेको छ ।
जर्मनीमा संक्रमित संख्या एक लाख तीन हजार तीन सय ७४ र मृतक संख्या एक हजार आठ सय १० पुगेको छ । इरानमा मृतक संख्या तीन हजार सात सय ३९ पुगेको छ ।

सम्बन्धित समाचार

सिटिजन्स बैंकले लाभांश पारित गर्दै

beemaadmin
२०८३ आश्विन ७, बुधबार

कुमारी बैंकले बोलायो साधारण सभा

beemaadmin
२०८३ आश्विन ७, बुधबार

आईपीओ निष्कासनमा सेबोनको कडाइ

beemaadmin
२०८३ आश्विन ६, मंगलवार