free website hit counter

विष्ट परिवारलाई मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७९ माघ १४, शनिबार

काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज कैलालीको धनगढीमा एक कार्यक्रमबीच मृत्यु दाबी रकम भुक्तानी गरेको छ। बीमित लोकेन्द्रबहादुर बिष्टको मृत्यु दाबी रकम उनकी श्रीमती कलावती बिष्टलाई कम्पनीले भुक्तानी गरेको हो। जसअनुसार कम्पनीका धनगढी शाखा मार्केटिङ प्रमुख योगेन्द्रविक्रम अधिकारीले कलावती बिष्टलाई किरिया खर्च, बीमांक रकम, अन्य आय नोक्सानी, शव ढुवानी खर्च गरी जम्मा १४ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन्। लोकेन्द्रबहादुर बिष्टले वैदेशिक रोजगार म्यादी जीवन बीमा गरेका थिए। उनको गत साउन १८ गते साउदी अरेबियामा मृत्यु भएको थियो। कार्यक्रममा स्थानीय निकायका जनप्रतिनिधि, आमसर्वसाधारण र अभिकर्ताहरुको उपस्थिति थियो। मार्केटिङ प्रमुख अधिकारीले जीवन बीमाको महत्व तथा लाभका बारेमा प्रकाश पारेका थिए।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार