free website hit counter

विष्ट परिवारलाई ५० लाख मृत्यु दाबी भुक्तानी

beemaadmin
२०७९ पुष २४, आईतवार

काठमाडौं । जीवन बीमा जीवन रहँदाको आर्थिक बचत हो भने जीवन नरहँदा परिवारको आर्थिक बोझ कम गर्ने माध्यम हो । एलआईसी नेपालमा जीवन बीमा गरेर पहिलो किस्ता मात्रै भुक्तानी गरेका एक बीमितको मोटरसाइकल दुर्घटनाका कारण मृत्युपछि कम्पनीले आश्रित परिवारलाई मृत्यु दाबी भुक्तानी हस्तान्तरण गरेको छ । कनकाई नगरपालिका ३ सुरुङ्गा, झापा बसोबास होटल व्यवसायी पूर्ण बहादुर विष्टले २०७७ साल असार ३१ गते वार्षिक किस्ता रु ३,३७,८२५ भुक्तान गरेर २५ लाख को जीवन बिमा गएका थिए ।
पहिलो किस्ता बुझाएका विष्ट २०७८ साल श्रावण १२ गते मोटरसाइल मा घुमघाम गरी घर फर्किने क्रममा विपरीत दिशा बाट आइरहेको ट्रकले ठक्कर दिई दुर्घटना हुँदा घाइते विष्ट लाई तत्कालै उपचारको लागि लाइफ लाइन अस्पताल दमक झापा पुर्याउन साथ निधन भएको थियो। उनको निधनपछि आश्रित परिवारले आवश्यक प्रक्रिया पूरा गरी बीमा दाबी गरेका थिए । कम्पनीले आवश्यक प्रक्रिया पूरा गरी बीमितको छोरा निशान विष्टलाई बीमा दाबी भुक्तानी बापत बीमा रकम रु २५ लाख, दुर्घटना बापत रु २५ लाख र बोनस रु २ लाख ७५ हजार गरी जम्मा रु ४९,३७,१७५ (३३७८५ दोश्रोकिस्ता कटाई) हस्तान्तरण गरेको छ ।
सानो कार्यक्रमको आयोजना गरी दाबी भुक्तानी हस्तान्तरण गरिएको छ । कार्यक्रममा चन्द्रगढी शाखाका प्रबन्धक दिलीप कुमार राजवंशी, एजेन्सी म्यानेजर मोहा लाल राजवंशी लगायतको उपस्थिति थियो । मृत्यु दाबी भुक्तानी कार्यक्रममा छोरा निशान विष्टले पढाई खर्च र आर्थिक रुपमा भने बीमा रकमले ठूलो राहत हुने बताएको छ।

सम्बन्धित समाचार