free website hit counter

वीर अस्पतालका डाक्टर, नर्स र स्वास्थ्य कर्मचारीमा कोरोना संक्रमण, सरकार ! गरिबले उपचार कहाँ गएर गर्ने ?

beemaadmin
२०७७ भाद्र १६, मंगलवार

काठमाडौं । सरकारले कोरोना उपचारका लागि कुनै छुट्टै अस्पताल छुट्याउनु पर्नेमा सबै अस्पतालमा कोरोना संक्रमित विरामी राख्ने निर्णय गर्दा त्यसले भोलिका दिनका ठूलो संकट निम्त्याउने अवस्था आएको छ । यसको पूर्व संकेतका रुपमा बीर अस्पतालमा देखिएको ठूलो संख्याको सक्रमण हो । बीर अस्पताललाई पनि सरकारले हचुवाका भरमा कोभिड अस्पतालको रुपमा समेत परिणत गरेपछि उक्त अस्पताल कोरोना संक्रमणको इपिसेन्टर बन्ने खतरा बढेर गएको छ । कोरोना उपचारको लागि आवश्यक पूर्व तयारी नगरिकनै तथा स्रोत र साधनहरु नजुटाइकनै वीर अस्पताललाई कोरोना अस्पताल बनाइएपछि र भटाभट कोरोनाका विरामीहरु भर्ना गर्न थालिएपछि अहिले वीर अस्पतालका डाक्टर नर्स तथा स्वास्थ्यकर्मीहरु संक्रमित हुन थालेका छन् ।

पछिल्लो जानकारीअनुसार, वीर अस्पतालमा डाक्टर, नर्स तथा स्वास्थ्यकर्मीहरु गरेर एकैचोटि ७१ जनामा आजैमात्रै कोरोना पोजेटिभ पाइएको छ । सोही कारण वीर अस्पतालको ओपीडी भोलि र पर्सि बन्द हुने भएको छ । यसअघि नै वीर अस्पतालका केही डाक्टर तथा कर्मचारीहरुमा कोरोना संक्रमण देखिइसकेको छ । ल्याबका कर्मचारीमा समेत कोरोनापोजेटिभ देखिएको कारण ल्याब नै सील गरिएको अवस्था छ । वीर अस्पतालको इमर्जेन्सी कक्षमा कोरोनाका लागि आइसोलेसनका नाममा ५ वटा वेड छुट्याएको छ । तर सो छुट्याइएको बेड पनि सुरक्षित नभएको कारण सोही ठाउँबाट समेत संक्रमण सर्ने खतरा छ । अन्य वार्डमा पनि कोरोनाका विरामी र अन्य रोगका विरामी सराबरी राखिएका कराण भोलि त्यहाँ अर्को महामारी नमिम्तिएला भन्न सकिन्न । गरिबले उपचार गर्ने भएका कारण यस्ता सरकारी अस्पतालमा ठूला सरकारी मान्छेको ध्यान किन पुग्थ्यो । त्यहाँ मर्ने भनेका गरिब नै हुन् । धनी कोही पनि व्यक्ति बीर अस्पताल जाँदैन । सहज हुँदा जनमत तान्ने क्यामेरा अघि अघि लगाएर नेताहरु पुगे पनि यस्तो आतंकका बेला कसले हेर्ने बीर अस्पताललाई ।

सम्बन्धित समाचार