जनकपुर । वैदेशिक रोजगारीमा जान चाहने युवाले अब गाउँका साहुसँग चोकेमा ऋण लिनु नपर्ने भएको छ । युवाहरुलाई वैदेशिक रोजगारीका लागि नेपाल एसबीआई बैंकले कर्जा प्रवाह गर्ने भएको छ । लाखौं युवा वैदेशिक रोजगारीमा गएको प्रदेश नं. २ मा नेपाल एसबिआई बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिक र तिनका परिवारलाई लक्षित गरी बचत तथा कर्जा सुविधा ल्याएको छ । उक्त सुविधा नेपाल एसबिआई बैंकका ४ शाखाहरु बर्दिबास, जनकपर, लाहान र मिर्चैयामा उपलब्ध हुने छ ।
वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका श्रमिकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री मोहमद लालबाबु राउतले ग्राहकहरुलाई कर्जा स्वीकृती पत्र हस्तान्तरण गरेका थिए ।
बैंकले प्रदेश २ सरकार र डिएफआइडि–यूकेएड सीपको सहकार्यमा प्रदेश नं २ का वैदेशिक रोजगारीमा जाने श्रमिक तथा तिनका परिवारलाई विभिन्न बैंकिङ सूविधा प्रदान गरिरहेको छ ।