free website hit counter

वैदेशिक रोजगार बीमालेखमार्फत झण्डै ४५ करोड प्रिमियम संकलन

beemaadmin
२०८० आश्विन १७, बुधबार

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेखमार्फत ४४ करोड ८२ लाख १२ हजार रुपैयाँ प्रिमियम भित्र्याएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १० वटा जीवन बीमा कम्पनीले सो बीमालेख बिक्रीमार्फत झण्डै ४५ करोड प्रिमियम उठाएका हुन् । हाल १० वटा जीवन बीमा कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेख बिक्री गरिरहेका छन् । यसअघि सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मात्रै बिक्री गर्दै आइरहेको बीमालेख वैदेशिक रोजगारमा गएका नेपालीहरुले अनिवार्य रुपमा बीमा गर्नुपर्ने प्रावधान लागूभएसँगै अन्य कम्पनीले समेत यो बीमालेखमार्फत बीमा सेवा दिँदै आइरहेका छन् । चालु आर्थिक वर्षको भदौ मसान्तसम्म सबैभन्दा बढी सन नेपाल लाइफ इन्स्योरेन्सले १० करोड ५० लाख रुपैयाँ वैदेशिक रोजगार बीमालेखमार्फत प्रिमियम भित्र्याएको छ । त्यस्तै, नेपाल लाइफले ९ करोड ५९ लाख, आइएमई लाइफले ६ करोड १२ लाख, सूर्यज्योति लाइफले ३ करोड ७२ लाख, नेशनल लाइफले ३ करोड ५२ लाख, रिलायबल नेपाल लाइफले ३ करोड ४२ लाख, सानिमा रिलायन्स लाइफले २ करोड ९१ लाख, एशियन लाइफले २ करोड ७० लाख, सिटिजन लाइफले २ करोड २४ लाख र प्रभु महालक्ष्मी लाइफले ७ लाख रुपैयाँ प्रिमियम संकलन गरेका छन् ।

सम्बन्धित समाचार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार