free website hit counter

वैशाख १७ देखि २३ गतेसम्म

beemaadmin
२०७८ बैशाख १७, शुक्रबार

वैशाख १८ गते अन्तराष्ट्रिय श्रमिक दिवस । २० गते विश्व प्रेस स्वतन्त्रता दिवस


मेष : विशेष व्यक्तिले दिएका सुझाबले अधुरा कार्य पूर्ण गर्न सहयोग पुग्ने छ । झन्झटिला कार्यहरुको बोझ आइलाग्दा सचेत भै कार्य सम्पन्न गर्नुपर्नेछ । परिस्थितिलाई वेवास्ता गर्नाले व्यवहारिक झमेला आइलाग्न सक्छ । असहज परिस्थतीबाट उम्कन सोचे भन्दा बढी मेहनत गर्नुपर्नेछ ।

वृष : आफनो कमजोरीबाट फाइदा उठाउनेहरु सल्वलाउन सक्छन् , संयमता अपनाउनु होला । आर्थिक प्रलोभन देखाउनेहरुबाट टाडा रहदा नइ आफनो तथा पारिवारिक प्रतिष्ठा नै उचाइमा पुग्नेछ । सम्पन्न हुन लागेको कार्यमा पारिवारिक खिचातानीले रोकावट आउन सक्छ । साताको अन्त्यमा पुण्य आर्जनतर्फ आकर्षित भइनेछ ।

मिथुन : स्वदेशमै कृषि क्षेत्रमा लगानी गरी थप आम्दानीको मार्ग पहिल्याउन साथीहरुबिच मत मिल्नेछ । सोचेका योजनाहरु आंशिक रुपमा पुर्ण हुनेछन । रात्रिको मौसममा अवेर सम्मको कार्यले स्वास्थमा गडबडी देखा पर्न सक्छ । वुध देवको सेवाले प्रायः समस्या निराकरण हुनेछन ।

कर्कट : करियर बनाउन दैनिकिमा परिवर्तनको जरुरत पर्नेछ । पैत्रिक सम्पत्तिको अनावश्यक उपयोग नगर्दा नै आफनो कल्याण हुनेछ । वाहिरी वातावरणमा घुलमिल हुने प्रवृतीले पारिवारीक सम्बन्धमा खिचलो उत्पन्न गराउन सक्छ । साताको अन्त्यमा स्वास्थप्रति सजकता अपनाउनुहोला ।

सिंह : आधुनिक मनोरञ्जनका सामाग्री प्रयोग गर्दा विवेक पुर्याउनुपर्नेछ । समसामयिक अवस्था अनुरुप विश्वास पात्रलाई आर्थिक सहयोगको वचन दिदाँ समस्यामा परिएला । विविध छटपटिको विच सुस्त तवरले उन्नतीको मार्ग प्रशस्त हुनेछ । रातो रंग प्रयोग गर्न सके थप फाइदा पुग्नेछ ।

कन्या : शारिरिक कमजोरी तथा आलस्यता महशुस हुन सक्छ । विपरित लिंगीसँगको खटपटमा मलम लगाउन नयाँ रणनितिको जरुरत पर्नेछ । सामाजीक क्षेत्रमा नेतृतवदायी भुमीका आइलाग्न सक्छ । परिणाममुखि कार्य सम्पन्न गर्न केहि ढिलाई हुन सक्छ हेक्का राखे सफलता हात लाग्नेछ ।

तुला : नजिकबाट घुलमिल हुन चाहानेसगँ सामाजिक दुरी कायम राख्न सके दुवैको कल्याण हुनेछ । विगत देखि रोकिएका कार्य सम्पन्न गर्दा आफनै हित हुनेछ । योग तथा ध्यान गर्न सके स्फुर्ति पैदा भै मन हलुका हुनेछ । यो साता यात्रा नगर्दा नै उपयुक्त होला ।

वृश्चिक : आफनो दृडताले पराजय सामना गर्नु पर्ने छैन । कार्य क्षमतामा ससाना त्रुटीहरुले मर्यादामा आचँ पुर्याउन सक्छन् , कार्य सम्पादन गर्दा विशेष होशियार अपनाउनु नै उत्तम हुनेछ । सुनौलो रंग अवलम्वन गरि शरिरिक व्यायाममा जोड दिदाँ फलिफाप हुनेछ ।

धनु : पुरुषार्थद्धारा गरिएका सेवाले उचाइमा पुर्याउने छ । इष्ट मित्रबाट प्राप्त सुझाबले भलाई गर्नेछ । निलो पहिरनले कार्य क्षेत्रमा विशेष लाभ पुर्याउने छ । । टाढा भएका मित्रहरुले दिएको सुझावले फाइदा नै पुर्याउने छ । साताको अन्त्यमा शारिरिक दुर्वलता देखा पर्न सक्छ ।

मकर : आफनो योजना परिणाममुखि बनाउन कठिन परिश्रम गर्नुपर्नेछ । राज्यस्तरबाट महत्वपूर्ण अवसरहरु प्राप्त हुनेछ । परिस्थिति अनुरुप चल्न नसक्दाँ प्राप्त अवसर अन्यत्र जान सक्छ । सरोकार नभएको बिषयमा चासो नराख्दा नै वेश होला । साताको अन्त्यमा मनोरञ्जनतर्फ आकर्षित भइनेछ ।

कुम्भ : अध्यातमिक चिन्तन योग तथा ध्यानले दुर्भावनाहरु समाप्ती हुँदै भावि मार्ग पहिल्याउन सहज हुनेछ । श्रव्यदृश्यका मनोरञ्जन सामाग्री प्रयोग गर्दा शारिरिक थकान कम गराउनेछ । अवरोध खडा गर्नेहरु सक्रिय रहे पनि हिम्मतका साथ काममा जुटनु होला । परिश्रम अनुरुप सोचेको फल पाइनेछ ।

मीन : आफ्ना कमजोरी प्रति गुनासो बढ्न सक्छ । अभिभावकसगँ विचार नमिल्दाँ सामान्य खटपट हुन सक्छ । योग , ध्यान तथा भ्रमण गर्न सके तनावलाई कम गर्न सहयोग पुर्याउने छ । मित्रवर्गहरुप्रति ससाना त्रुटीहरुलाई औल्याँउदैमा टाढिन सक्ने सम्भावना छ ।

 

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार