free website hit counter

वैशाख २८ देखि ज्येष्ठ ३ गते सम्म

beemaadmin
२०७८ बैशाख २८, मंगलवार

वैशाख २८ गते मातातीर्थ औसी । ३१ गते अक्षय तृतीया । १ गते ज्येष्ठ आरम्भ, वृष संक्रान्ती

मेष : शारिरिक व्यायाम तथा ध्यान गर्नले जीवनशौलीमा परिर्वतन ल्याउन सक्छ । अरुको मन जित्नाले सजिलै सहयोग जुटनेछ । अध्ययन अध्यापनमा ध्यान केन्द्रित हुनेछ । काम देखाएर धेरैको प्रशंसा बटुल्न सकिनेछ । अध्यात्मिक चिन्तनले समाजसेवातर्फ अभिप्रेरणा जगाउन सक्छ ।

वृष : भित्रभित्रै भविष्यको चिन्ताले सताउन सक्छ । घरायशी व्यवहारका काम गर्दा विशेष होस पुर्याउनु पर्नेछ । सामाजीक उत्सव तथा भेटघाटमा सरिक नहुदाँ नै आफनो कल्याण हुनेछ । विश्वास पात्रलाई वचन दिदा संयम अपनाउनु होला । समय अनुरुप स्वास्थको विशेष ख्याल गनुपर्नेछ ।

मिथुन : यो साता इष्ट मित्रबाट टाढै रहदाँ लाभ हुने देखिन्छ । आर्थिक सन्तुलन गडबड हुदाँ प्रशंशा गर्नेहरु भित्रभित्रै आलोचना गर्न थाल्नेछन , बोलिको मघुरताले बिग्रन लागेका सम्बन्धलाई मलम लगाउन सहयोग गर्नेछ । खानपानको फेरबदल भै शारिरीक दुर्वलता देखा पर्न सक्छ ।

कर्कट : प्रतिकुल अवस्थामा पूर्वयोजना कार्यान्वयन नगर्दा नै उपयुक्त हुनेछ । आफन्तजनले आर्थिक संकटमा पार्ने सम्भावना छ , कारोबार गर्दा सावधानी अपनाउनुहोला । धर्म तथा परोपकारी कार्यमा रुची बढाउदाँ आफु उचाइमा पुगिनेछ । बाहिरी यात्रामा सचेतता अपनाउनु होला ।

सिंह : आत्माबल बढेता पनि समयले साथ नदिदाँ पछि परिनेछ । मेहनतले सफलता दिलाउन सक्छ । स्वास्थप्रति हेक्का राख्नुहोला । समस्या दर्साउँदा शुभचिन्तहरुले साथ दिनेछन । यो साता लामा तथा छोटा दुरिका यात्रा नगर्दा नै आफु सुरक्षित भइनेछ ।

कन्या : साथीहरुसँग मनोरञ्जन तथा रशास्वाद गर्न केहि समय कुर्नु पर्नेछ । सेतो रंगको प्रयोग गर्न सक्दा मानसिक तनाब कम हुनेछ । धार्मिक तथा अध्यात्मतर्फ मन ढल्किनेछ । समस्याको गाँठो बुधबारदेखि क्रमश फुक्दै जादाँ प्रफुलित भइनेछ ।

तुला : सञ्चार माध्यमको अनुशरण गरि नयाँ योजना बनाइनेछ । योजनाहरु आंशिक रुपमा कार्यान्वयन हुनेछ । मनको उत्साह भयमा परिणत हुन सक्नेछ । मानसिक दुर्बलता देखा पर्न सक्छ , योग ध्यान तथा शारिरिक व्यायाम गर्न सके फाइदा पुग्नेछ ।

वृश्चिक : सामाजीक तथा परोपकारी क्षेत्रमा धन खर्च गरिनेछ । आफुले चालेका महत्वपूर्ण कार्यहरु ओझेलमा पर्नाले मनमा चोट पर्न सक्छ । रातो रंगको प्रयोगले निराशा उत्साहमा परिणत हुनेछ । साताको अन्त्यमा अन्नदान गर्न सके तनावबाट पूर्ण मुक्त भइनेछ ।

धनु : साथीभाइ तथा आफन्तबिच सामाजिक दुरी कायम गर्न सक्दा सबैको कल्याण हुनेछ । सामाजिक सञ्जाल तथा श्रव्यदृश्यका सामाग्रीबाट प्रशस्त मनोरञ्जन लिइनेछ । समाजमा अफबाप फैलाउनेप्रति सजक रहनुहोला । साताको अन्त्यमा खानपान तथा स्वास्थप्रति सजकता अपनाउनुहोला ।

मकर : रोकिएका कार्य सम्पन्न नहुदाँ थप आर्थिक संकटको भार व्यहोर्नु पर्नेछ । प्रशंसा गर्नेहरुले आलोचना गर्न सक्छन , कम बोल्दा आफु सुरक्षित भइनेछ । सामाजिक सञ्जाल मार्फत प्रेम प्रस्ताव आउन सक्छ , हेक्का राखी निर्णय गर्नुहोला ।

कुम्भ : अर्कालाई भलाइ हुने कार्य गरेर धेरैको मन जित्न सकिनेछ । प्रतिष्ठा जोगाउन अरुका लागि समय धन तथा वुद्धि खर्चनु पर्नेछ । हितैषिसगँ सुझाव संकलन गरि अघि बडे आफु सुरक्षित भइनेछ । बाहिरी वातावरणमा घुलमिल नहुदाँ नै आफनो कल्याण हुनेछ ।

मीन : सोच विचार नगरी अरुलाई बचन दिदाँ प्रतिकुल परिस्थिति आइलाग्न सक्छ । परिस्थितिको हेक्का राखी अवसरलाई चुनैतीको रुपमा शिरोधार्य गरी प्राप्त मौका नगुमाउनुहोला । अध्ययनको दायरा बढाउन सके फाइदा पुग्नेछ । पारिवारिक सल्लाहबिच तय भएको मंगलिक कार्यको तिथि मिति धक्लिनेछ ।

सम्बन्धित समाचार

श्रावण २८ देखि भाद्र २ गते सम्म

beemaadmin
२०७८ श्रावण २८, बिहीबार

श्रावण १२ देखि १८ गतेसम्म

beemaadmin
२०७८ श्रावण १२, मंगलवार

असार ३० देखि श्रावण ६ गतेसम्म

beemaadmin
२०७८ असार ३०, बुधबार