free website hit counter

वैश्वि हल्लाउने अर्को भाइरस फेरि चीनमै देखियो

beemaadmin
२०७७ असार १६, मंगलवार

एजेन्सी । चीनको बुहान प्रान्तबाट शुरु भई विश्व आतंकित बनाएको कोरोना नियन्त्रणमा नआउँदै चीनमा फेरि अर्को त्यस्तै भाइरस पत्ता लागेको छ । चीनमा वैज्ञानिकहरुले महामारी बन्न सक्ने फ्लु (रुघा) को नयाँ स्ट्रेन पत्ता लगाएका छन् । यो हालै मात्र पत्ता लागेको र सुँगुरहरुले यसलाई बोक्ने र मानिसहरुलाई पनि संक्रमित बनाउन सक्ने उनीहरु बताउँछन् । यो थप म्युटेसन भएर मानिसदेखि मानिसमा सजिलै सर्न सक्ने र वैश्विक महामारी बन्न सक्ने वैज्ञानिकहरुको चिन्ता छ । ‘तत्कालै यो समस्या होइन,’ उनीहरु भन्छन्, ‘तर यसमा मानिसलाई संक्रिमत बनाउन सक्ने बन्ने सबै गुणहरु रहेका छन् र यसको नजिकबाट अनुगमन गर्न जरुरी रहेको छ ।’ प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा लेख्दै वैज्ञानिहरुले भनेका छन्, यो नयाँ भाइरस हो र यसप्रति मानिसमा निकै कम प्रतिरोधी क्षमता हुन सक्छ या नहुन पनि सक्छ । यो भाइरसलाई सुँगुरमा नियन्त्रण गर्ने उपाय तत्काल लागू गर्नुपर्ने र सुँगुरको मासुको उद्योगमा कार्यरत कर्मचारीको नजिकबाट निगरानी गर्नुपर्ने उनीहरु बताउँछन् ।
अहिले कोरोनाभाइरसको महामारीलाई अन्त्य गर्न जुधिरहँदा वैज्ञानिकहरु इन्फ्ल्युएन्जाको नयाँ स्ट्रेन लगायत अन्य सम्भावित रोगहरुका बारेमा पनि अध्ययन गरिरहेका छन् । सन् २००९ मा मेक्सिकोबाट सुरु भएको स्वाइन फ्लु पहिले सोचेभन्दा कम खतरनाक रहेको पाइएको थियो । किनभने यसको भाइरस त्यसअघिका फ्लुका भाइरससँग मिल्दोजुल्दो रहेको र धेरै वृद्धवृद्धासँग यसविरुद्ध प्रतिरोधात्मक शक्ति रहेको पाइएको थियो । एरएचवानएनवान पीडीएम०९ नाम दिइएको उक्त भाइरसविरुद्ध खोपलाई अहिले वार्षिकरुपमा दिइने खोपमा समावेश गरिएको छ । चीनमा फेला परेको फ्लुको नयाँ स्ट्रेन सन् २००९ को स्वाइन फ्लुसँग् मिल्दो जुल्दो रहेको छ तर यसमा केही फरकपन रहेको छ । तत्काललाई यसले ठूलो खतरा प्रस्तुत गरेको छैन तर प्राध्यापक किन चाउ चाङ र उनका समकक्षीहरु यसमाथि नजर राखिराख्नुपर्ने बताउँछन् । अध्ययनकर्ताहरुले उक्त भाइरसलाई जी४ ईए एनवानएनवान नाम दिएका छन् र यो मानिसको श्वासप्रश्वासको नलीको कोषमा बढ्न र वृद्धि हुन सक्छ । यो भाइरसले सुँगरको उद्योगमा काम गर्ने केही व्यक्तिलाई संक्रमित गरेको पाइएको छ । अहिलेको फ्लुको खोपले यसविरुद्ध काम नगर्ने देखिन्छ । बेलायतको नटिङहाम विश्वविद्यालयमा कार्यरत प्राध्यापक किन चाउ चाङ भन्छन्, ‘हाम्रो ध्यान कोरोनाभाइरसमा छ तर यस्तो बेला अन्य सम्भावित खतरनाक भाइरसलाई नजरअन्दाज गर्न हुँदैन । यो भाइरस अहिले खतरा नभए पनि यसलाई बेवास्ता गर्न हुँदैन ।’
स्रोत– बीबीसी

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार