free website hit counter

व्यतित बीमालेख नविकरण गर्दा ७५ प्रतिशत छुट

beemaadmin
२०८१ कार्तिक १८, आईतवार

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा ७५ प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद नाघेका व्यतित बीमालेखहरुमा छुट दिने भएको हो । कम्पनीले व्यतित भएका बीमालेखहरु २०८१ कात्तिक ७ गतेदेखि कात्तिक ३० गतेसम्म आवश्यक प्रकृया पूरा गरी पुनर्जागरण गर्दा २ वर्षभित्र व्यतित भएका बीमालेखहरुमा ७५ प्रतिशत २ देखि ३ वर्ष अवधिसम्म व्यतित भएका बीमालेखहरुमा ५० प्रतिशत र ३ वर्ष भन्दा बढी व्यतित बीमालेखहरुमा २५ प्रतिशत विलम्ब शुल्क (ब्याज) मा छुट गर्ने जनाएको छ । यस योजनामा समावेश भइ पुनर्जागरण भएका बीमालेखहरु पुनर्जागरण भएको २ वर्ष भित्र समर्पन गर्न आएमा प्रदान गरेको बिलम्ब शुल्कको छुटको सम्पुर्ण रकम कट्टा गरिनेछ । एक पटक ब्याज छुट गरिसकेको बीमालेखमा बीमा अवधि भर पुनः ब्याज छुट प्रदान गरिने छैन् ।

सम्बन्धित समाचार