free website hit counter

शनिबार थपिएका ३३१ जना कुन जिल्लाका परे ? (सूचीसहित)

beemaadmin
२०७७ असार ६, शनिबार

काठमाडौं । परीक्षणको दायरा बढेसँगै संक्रमित पहिचानको क्रम पनि बढेको छ । नेपालमा शनिबार थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म ८ हजार ६०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड १९ पुष्टि भएका व्यक्तिको संख्या ८ हजार ६०५ पुगेको जानकारी दिएका हुन् ।
डा गौतमका अनुसा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा झापाका १ जना पुरुष, सुनसरीका २ जना महिला, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका ८ जना पुरुष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा महोत्तरीका २ महिला र २२ पुरुष र सर्लाहीका एक महिला र २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी नारायणी अस्पताल विरगञ्जमा गरिएको परीक्षणमा बाराका ३ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा बाराका एकजना महिला, बाग्लुङका एक महिला र १३ पुरुष, बैतडीका १८ जना पुरुष, गुल्मीका २ महिला र १६ पुरुष, डडेल्धुराका ५ महिला र ७ पुरुष, डोटीका ९ महिला र ५२ पुरुष, कैलालीका एक पुरुष र काठमाडौंका एक पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी नवलपरासी पूर्वका ३ महिला र १४ जना पुरुष, नवलपरासी पश्चिमका १ जना पुरुष, पाल्पाका एकजना पुरष, रामेछापका एकमहिला र २ जना पुरुष, रौतहटका २ जना पुरुष, रुपन्देहीका एकजना पुरुष र सर्लाहीका ६ जना पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा धादिङकी एकजना महिला र ७ जना पुरुष, पाल्पाका एकजना महिला र १५ जना पुरुष र भक्तपुरका ७ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै भरतपुर अस्पतालको प्रयोगशालामा नवलपरासी पुर्वका ४ जना पुरुष र स्याङ्जाका एकजना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा रौतहटका एक महिला र ४ जना पुरुष, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा कैलालीका २ पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा बाग्लुङका ३ महिला र ३ पुरुष, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपरासी पुर्वका ११ जना पुरुष र तनहुँका २३ जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै प्रादेशिक जनस्वासथ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका ४ जना महिला र १२ पुरुष, भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २ महिला र १२ जना पुरुष, बर्दियाका ७ जना पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको परीक्षणमा रुकुम पश्चिमका एक पुरुष, दाङका २ महिला र २ पुरुष र प्युठानका ८ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाका कारण संक्रमित हुनेको संख्या ८ हजार ६०५ पुगेको छ । कोरोनाका कारण हालसम्म २२ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म नेपालका ७४ जिल्लामा कोरोना संक्रमित भेटिएको पनि मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित समाचार