काठमाडौं । अग्रणी निर्जिबन बीमा कम्पनी शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्ममा ३५ करोड ७० लाख रुपियाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो नाफा ३५ करोड ७ लाख रुपियाँ थियो । यो नाफा सामान्य बढेको हो । चैत मसान्तसम्म कम्पनीले खुद बीमाशुल्क आर्जन १ अर्ब ३ करोड ६६ लाख रुपियाँबाट बढेर १ अर्ब २० करोड ८३ लाख रुपियाँ कायम भएको छ । यो गत आवको तुलनामा १६।५६ प्रतिशतले बढेको हो । त्यसैगरी यस अवधिमा कम्पनीले ३ अर्ब ७३ करोड ३८ लाख रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन गत आवमा ३ अर्ब ५२ करोड ७० लाख रुपियाँ थियो । २ अर्ब ९२ करोड रूपियाँ शेयर पुँजी भएको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ८६ करोड ६० लाख रुपियाँ, महाविपत्ति कोषमा १५ करोड ५९ लाख रुपियाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १६।२९ रुपियाँ, प्रतिशेयर नेटवर्थ १९५।८१ रुपियाँ र मूल्य आम्दानी अनुपात ४६।८१ गुणा रहेको छ ।