काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा २४ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ०।९५ प्रतिशतले कम हो । गत आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले २४ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यस अवधिमा कम्पनीको खुद बीमाशुल्क भने १।०९ प्रतिशतले बढेर ७७ करोड ५ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ७६ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । यस्तै कम्पनीले लगानी कर्जा तथा अन्य आयबाट १३ करोड १७ लाख रुपैयाँ, पुनर्बीमा कमिशन वापत ३४ करोड ६१ लाख रुपैयाँ आम्दानी गरेको छ । चुक्ता पूँजी २ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८१ करोड ७५ हजार रुपैयाँ, बीमा कोषमा १ अर्ब ५३ करोड १९ लाख रुपैयाँ र महाविपत्ती कोषमा १३ करोड ८ लाख रुपैयाँ सञ्चित रहेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६ पैसा, प्रतिशेयर नेटवर्थ २१५ रुपैयाँ २१ पैसा र मूल्य आम्दानी अनुपात ४३।४९ गुणा रहेको छ ।