free website hit counter

शिखर इन्स्योरेन्सको सिईओमा पाण्डे पुनः नियुक्त

beemaadmin
२०७७ आश्विन ६, मंगलवार

काठमाडौं । स्थापनाकालदेखिनै शिखर इन्स्योरेन्सको सिईओमा कार्यरत दीप प्रकाश पाण्डेलाई पुनः नियुक्त गर्ने सञ्चालक समितिको बैठकले निर्णय गरेको छ । दीप प्रकाश पाण्डेलाई पुनः नियुक्त गर्न अनुमति माग गरिएको फाइल बीमा समिति पुगेको छ । शिखर इन्स्योरेन्सको बोर्ड बैठकले पाण्डेलाई कार्तिक ११ गतेबाट लागू हुने गरी सिईओ नियुक्त गर्ने उल्लेख छ । बीमा समितिबाट अनुमति पश्चात पाण्डेलाई शिखर इन्स्योरेन्सको बोर्ड बैठकले औपचारिक रुपमा सिईओ पदमा पुनः नियुक्त गर्नेछ ।
चार वर्षअघि शिखर इन्स्योरेन्स कम्पनीको सिईओ पदमा पाण्डेलाई पुनः नियुक्त गरिएको विषयमा यसअघि पनि राष्ट्रिय सर्तकता केन्द्रमा उजुरी परेको थियो । सो उजुरीको जवाफमा बीमा समितिले पठाएको पत्रमा अन्तिम पटकको लागि सिईओमा नियुक्त गरिएको जवाफ प्रधानमन्त्री कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रलाई दिएको थियो । पाण्डे शिखर इन्योरेन्समा स्थापनाकालदेखि नै सिईओ पदमा कार्यरत छन् । बीमा समितिले जारी गरेको संस्थागत सुशासन २०७५ ले दुई कार्यकाल (आठ वर्ष) भन्दा बढि सिईओ हुन नपाउने व्यवस्था गरेको छ ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

रास्वपाको यात्रा दुई–तिहाइतर्फ

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार