free website hit counter

शिखर इन्स्योरेन्सद्वारा कृषि तथा जडिबुटी बीमा अभिकर्ता तालिम

beemaadmin
२०७९ चैत्र १६, बिहीबार

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले चैत १२ गते देखि १४ गतेसम्म सुर्खेतमा कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । तालिमको शुरूमा नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयका प्रमुख पदम प्रसाद सोडारीले नेपाल बीमा प्राधिकरण र नेपालमा बीमा सम्बन्धी कानूनी व्यवस्था, कृषि, पशुपन्छी तथा जडिबूटी बीमा निर्देशिका लगायतका बारेमा जानकारी दिएका थिए ।
तालिममा सहभागीहरूलाई शिखर इन्स्योरेन्सको कर्णाली प्रदेश प्रमुख गणेश प्रसाद जोशीले बीमाको सिद्धान्त, किसिम साथै पशुधन र बाखा बीमा, मौसम सुचकाङ्कमा आधारीत स्याउ बीमाहरूको व्यवहारिक ज्ञान र अभ्यासहरू गराए । साथै कम्पनीको केन्द्रीय कार्यालयको कृषि तथा लघु बीमा बिभागबाट सार्थकराज पाण्डेले उत्पादनमा आधारित खाद्धान्न बीमा, तरकारी, माछा, च्याऊखेती, पन्छी , सुन्ताला लगायतका बीमालेखहरूका बारेमा सैद्धान्तिक एवम् व्यवहारिक ज्ञान दिएका थियो ।
तालिम समापन कार्यक्रममा सहभागीहरूलाई नेपाल बीमा प्राधिकरणका तर्फबाट कृषि, पशुपन्छी तथा जडिबूटी बीमा अभिकर्ताको व्यवस्था, बीमा अभिकर्ता दर्ता तथा नवीकरण प्रक्रिया बारेमा जानकारी दिनुका साथै कृषि बीमा अभिकर्तालाइ गाउ गाउमा पुगी बीमा गर्न हौसला प्रदान गरेको थियो ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार