free website hit counter

शिखर इन्स्योरेन्सले कमायो ११ करोड नाफा

beemaadmin
२०८० मंसिर १, शुक्रबार

काठमाण्डौ। शिखर इन्स्योरेन्सले चालू आर्थिक वर्ष २०८०–०८१ को पहिलो त्रैमाससम्ममा ११ करोड २४ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।कम्पनीले गत आवको उक्त अवधिसम्ममा ११ करोड ९ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । गत आवको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा १.३३ प्रतिशतले बृद्धि भएको हो । कम्पनीको कुल आम्दानी ५६ करोड २२ लाख रूपैयाँभन्दा बढी छ भने कुल खर्च ४० करोड ६७ लाख रूपैयाँभन्दा बढी छ ।कम्पनीको विशेष सञ्चित कोषमा १ अर्ब ५६ करोड रूपैयाँभन्दा बढी छ । कम्पनीको रिटेन्ड अर्निङ ३३ करोड रूपैयाँभन्दा बढी छ भनेअन्य इक्वीटीमा ५८ करोड ७८ लाख रूपैयाँभन्दा बढी छ । कम्पनीको बीमा कोषमा ४ अर्ब ९३ करोड रूपैयाँभन्दा बढी सञ्चित छ । कम्पनीले पहिलो त्रैमाससम्ममा २७ करोड ७८ लाख रूपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । उक्त अवधिसम्म कम्पनीको कुल दाबी भुक्तानी १९ करोड ७९ लाख रूपैयाँभन्दा बढी छ । कम्पनीले उक्त अवधिसम्ममा ७५ हजार ९०४ ओटा बीमालेख जारी गरेको छ भने २२ हजार ६७६ ओटा बीमालेख नविकरण भएको बताएको छ। कम्पनीको प्रतिशेयर आम्दानी १६.९४ रुपैयाँ छ । यसैगरी प्रतिशेयर नेटवर्थ १९९.२४ रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी २ अर्ब ६५ करोड ४९ लाख ४७ हजार रूपैयाँ छ ।

सम्बन्धित समाचार

समानुपातिकमा पनि घण्टीकै दबदबा

beemaadmin
२०८२ फाल्गुन २४, आईतवार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार