free website hit counter

शिखर इन्स्योरेन्सले भुक्तानी गर्‍यो भूकम्प पीडितलाई बीमा रकम

beemaadmin
२०८० मंसिर १५, शुक्रबार

काठमाण्डौ। शिखर इन्स्योरेन्सले २० दिनमै भूकम्पबाट भएको क्षतिको दाबी भुक्तानी गरेको छ । कम्पनीले गत कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट क्षति पुगेका बीमितलाई छोटो समयमै दाबी भुक्तानी गरेको हो । भूकम्पको भोलिपल्टै घटनास्थलमा सर्भेयर खटाइ कम्पनीले द्रुत गतिमा क्षति मूल्यांकनको काम सुरु गरेको थियो। भूकम्पबाट पीडित बीमितको निवेदन आउनुभन्दा अगाडी नै कम्पनीले आफ्ना बीमितलाई खोजेर क्षति मूल्यांकनको काम सुरु गरेर नेपालको बीमा क्षेत्रमै उदाहरणीय काम गरेको बताएको छ । विषम परिस्थितिमा पनि शाखा कार्यालय तथा सर्भेयरहरुको सक्रियतामा क्षति संख्याको ९० प्रतिशत दाबी भुक्तानी भइसकेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले जानकारी दिए । केहि दाबी भुक्तानी बीमितका आफन्तजन घाइते तथा मृत्यु भएका कारणले सम्पर्कमा आउन नसक्दा दाबी भुक्तानी हुन नसकेको कम्पनीले जनाएको छ । उनीहरुलाई सम्पर्क गर्ने प्रयास भइरहेको र सम्पर्कमा आउने वित्तिकै दाबी भुक्तानी गरिने पनि कम्पनीले बताएको छ ।

सम्बन्धित समाचार

सुनको मूल्य तोलामा ३८ सयले बड्यो

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

यस वर्षको बजेटमा बीमा उपेक्षित नहोस्

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार

समानुपातिकमा यस्तो छ दलहरुको अवस्था

beemaadmin
२०८२ फाल्गुन २६, मंगलवार