free website hit counter

शिखर इन्स्योरेन्स १८औं वर्षमा

beemaadmin
२०७८ मंसिर २, बिहीबार

काठमाडौं । निर्जिवन बीमा व्यवसायको अग्रणी बीमा कम्पनी शिखर इन्स्योरेन्स १७ वर्ष पुरा गरेर १८ वर्षमा प्रवेश गरेको छ । निर्जीवन बीमा व्यवसायको पहिलो नम्बरमा आफूलाई स्थापित गरेको शिखर इन्स्योरेन्सले सुरुवाति दिन देखिनै आक्रामक रुपमा बजारमा उपस्थिति जनाएको थियो । कम्पनीको बीमा कोषमा एक अर्ब ३६ करोड रुपैयाँ जम्मा भइसकेको छ भने चुक्ता पूँजी एक अर्ब ७५ करोड रुपैयाँ पुगिसकेको छ । जवकी कम्पनीको सुरुवाति चुक्ता पूँजी १० करोड रुपैयाँ मात्रै थियो । यस अवधिमा कम्पनीले दुई पटक हकप्रद निष्काशन गर्यो भने बाँकी पूँजी बोनश शेयर मार्फत बढाएको हो । कम्पनीले उपत्यका भित्र १६ र उपत्यका बाहिर ७६ सहित ९२ वटा शाखा कार्यालय मार्फत निर्जीवन बीमा व्यवसाय गर्दै आइरहेको छ । कम्पनीले १७ औं वार्षिकोत्सवको अवसरमा १० वर्ष सेवा अवधि पुरा गरेका २५ जना कर्मचारीलाई सम्मान गरेको छ । यसै अवधिमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको छ । उक्त कार्यक्रममा ५८ जनाले रक्तदान गरेको कम्पनीको सूचना अधिकारी सविता मास्केले जानकारी दिइन् ।  कर्मचारीहरुका लागि दिवा भोज गरेको कम्पनीले आज साँझ उच्च व्यवस्थापन तहका कर्मचारी, विभागीय प्रमुख तथा सञ्चालकहरुको सहभागितामा केक काटेर वार्षिकोत्सवक सम्पन्न गर्ने  योजना बनाएको छ ।

सम्बन्धित समाचार