free website hit counter

शुरु भयो घुम्ती बीमा कार्यक्रम

beemaadmin
२०७६ कार्तिक २५, सोमबार

काठमाडौं । आम नागरिकलाई बीमाबारे चेतना फैलाउन बीमा समितिको आयोजनामा घुम्ती बीमा कार्यक्रम देशैभरि राष्ट्रिय अभियानको रुपमा सञ्चालनमा आएको छ । यस कार्यक्रमले आम नागरिकमा बीमाबारे चेतना फैलाउनुका साथै बीमा गर्न इच्छुक व्यक्तिहरुले आफ्नै स्थानमा सेवा पनि पाउने छन् ।

जनकपुरको लक्ष्मीनियाँ गाउँपालिकाबाट घुम्ती बीमा सेवाको औपचारिक शुभारम्भ गरिएको हो ।  बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले औपचारिक उद्घाटन गरेको कार्यक्रममा अधिकांश बीमा कम्पनीका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, तथा सर्वसधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार