free website hit counter

शेयरधनीलाई सूर्यज्योति लाइफको आग्रह

beemaadmin
२०८२ श्रावण १२, सोमबार

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न आर्थिक वर्षको पुरानो लाभांश (नगद र बोनस शेयर) र हकप्रद शेयर लिन बाँकी शेयरधनीहरुलाई संकलन गर्न आउन आग्रह गरेको छ। कम्पनीको शेयर रजिस्ट्रार एनआईसी एसिया क्यापिटलबाट आज जारी गरिएको सूचनामा यस्तो आग्रह गरिको हो। हालसम्म नगद लाभांश वितरण हुन नसक्नुको कारणसहितको विवरण एनआईसी एसिया क्यापिटलको वेबसाइटमा राखिएको र सोहीबमोजिम विवरण अद्यावधिक गरी आफ्नो संकलन गर्न बाँकी नगद लाभांश बुझिलिन सूचनामा आग्रह गरिएको छ। त्यस्तै बोनस शेयर र हकप्रद शेयरको प्रमाणपत्र अभौतिकीकरण गर्न सूचनामा उल्लेख छ। भौतिक रुपमा कायम शेयरधनीहरुको हकमा आफ्नो शेयर प्रमाणपत्र अभौतिकीकरण गरेपछि मात्रै नगद लाभांश, बोनस शेयर र हकप्रद शेयर सम्बन्धित बैंक खाता तथा हितग्राही खातामा जम्मा हुने सूचनामा जनाइएको छ।

सम्बन्धित समाचार

बालेनको मत ३९ हजार नाघ्यो

beemaadmin
२०८२ फाल्गुन २३, शनिबार

चुनाव जित्ने ढुक्क भएपछि झापा झर्दैछन् बालेन

beemaadmin
२०८२ फाल्गुन २२, शुक्रबार