free website hit counter

शेयर बजारमा गिरावटमा निरन्तरता

beemaadmin
२०८१ चैत्र ५, बुधबार

काठमाडौं । शेयर बजार निरन्तर घट्ने क्रममा आज पनि दोहोरो अंकले तल झरेको छ । यसअघि गत फागनु २८ गते शेयर बजार २७.२८ अंकले बढेर नेप्से २७३६.४८ अंकमा पुगेको थियो भने त्यसपछि चैत महिनाको यो साताका चारैदिन बजार घटेको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्सेका अनुसार आज बजार १४.८८ अंकले तल झरेको हो । ०.५५ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६८२.१५ अंकमा ओर्लिएको छ । समग्रमा बजार घटे पनि होटल, म्युचुअल फण्ड र लगानी समूह क्रमशः ०.१०, ०.०३ र ०.६० प्रतिशतले बढेका छन् ।

 

सम्बन्धित समाचार